७ माघ, काठमाडौं । आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरमा सोमबार समूह ‘डी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान पूजा महतोले २७ रन जोडिन् । उनले ४३ बलमा ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन बनाइन् ।
नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा स्कटल्यान्डकी मोइसी म्याकेइराले ५ विकेट लिइन्।