|  

संसद अधिवेशन बोलाउने तयारीमा सरकार

७ माघ, काठमाडौं ।  आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने गरि बोलाइएको छ ।

आजको बैठकले संसद्‌को हिउँदे अधिवेश बोलाउने तयारी रहेको बुझिएको छ । यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्नेगरि सरकारले सिफारिस गर्ने बताइएको छ ।

गत भदौं ३० गतेबाट अन्त्य भएको संसद अधिवेशन पाँच महिनासम्म  हुँदापनि सुरु नभएको भन्दै आलोचना भइरहेका बेला सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेको छ ।