०७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चशिलको सिद्धान्तमा आफू प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।
सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने बताउँदै उनले यस्तो जिकिर गरेका हुन् । उनले भने, ‘हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सिएका छैनौं । तर, भूराजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम गर्दैनौं । नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने हामी स्वीकार्दैनौँ ।’