|  

पहिलो चरणमै विपिन रिहाइकाे पहल गरिदिन इजिप्ट सरकारसँग आरजुकाे आग्रह

०७ माघ, काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल-अतिसँग आज फोनवार्ता गरेकी छिन ।

प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै उनले इजिप्टका विदेशमन्त्री डा. अब्देल-अतिसँग टेलिफोनवार्ता गरेकी हुन् ।परराष्ट्रमन्त्री डा. राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत इजिप्ट सरकारसँग आग्रह गरेकी छन् । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ ।

फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिएकी छन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका छन् ।