|  

रविलाई पुर्पक्षका लागि थुनामै पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

०७ माघ, काठमाडौं । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ ।

सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय कास्कीले सातै जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिएको हो । निवेदनमा जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको छ । यसअघि जिल्ला अदालत कास्कीले सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालत कास्कीले पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको थियो ।