|  

मन्त्रिपरिषद बैठक सुरु

०७ माघ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू भएको छ ।

आजको बैठकले संसद् अधिवेशन यही माघ १८ गते बोलाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ । साथै आजको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन माघ १७ वा १८ गते बस्ने गरी सिफारिस गर्ने भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै केही दिन अगाडि संसद् अधिवेशन आव्हान छिट्टै हुने बताएका थिए ।