|  

नेपालको ब्यापार घाटा सबैभन्दा धेरै भारतसँग

०७ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म १५७ मुलुकसँग नेपालको वैदेशिक व्यापार भएको छ ।

जसमध्ये १ सय २४ वटा देशसँग व्यापार घाटा र ३३ मुलुकसँग मात्रै देशको व्यापार नाफामा रहेको छ । सो अवधिमा सबैभन्दा धेरै भारतसँग ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भारतबाट ५ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु  आयात भएको छ भने भारततर्फ १ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको  छ ।

यस्तै दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिनासँग व्यापार घाटा भएको छ । चीनबाट १ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा चीनतर्फ १ अर्ब ९२  करोड  रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसअनुसार चीनसँग १ खर्ब ५८ अर्ब ६२ करोड बराबरले व्यापार घाटा भएको छ ।

यस्तै अर्जेन्टिनाबाट २२ अर्ब ६२ करोड बराबरको वस्तु आयात हुँदा ९  लाख ९६ हजार रुपैयाँको वस्तु अर्जेन्टिनातर्फ निर्यात भएको छ  । त्यसैले अर्जेनिटनासँग २२ अर्ब ६२ करोड  बराबरको व्यापार घाटा नेपालले व्यहोर्नु परेको छ । जम्मा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जसमध्ये ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सो अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । जसअनुसार देशको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ ।