७ माघ, काठमाडौं । विशेष अदालत काठमाडौँले मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका हुन् ।
विशेष अदालतले सोमबार ८ मध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला सुनाएको छ । विशेषले मालपोत प्रमुख रसाइलीलाई १ वर्ष, मानबहादुर चन्दलाई ९ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको छ । मतियारको रूपमा बिन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । दोषी ठहर भएका मध्ये बिन्द्रा रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई १ महिना १५ दिन मात्र कैद बसे हुने फैसला विशेषले सुनाएको छ ।
अख्तियारले ८ जनाविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो।