८ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
साथै तराइका केही भू-भागहरूमा हुस्सु लागेको अवस्था छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।