८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चुनौती दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ छन् । रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने प्रहरीको तयारी छ ।
सोमबार काठमाडौं आइपुगेका हर्क धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने बताउँदै आएका थिए ।