|  

पेरिस जलवायु सम्झौताबाट बाहिरियो अमेरिका

८ माघ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरिने आदेशमा हस्ताक्षर गरेका  छन् ।

शपथ ग्रहणको केही घण्टापछि  ट्रम्पले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् । पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् ।

अमेरिकामा ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने उनले बताएका छन् । साथै अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।