|  

माग पूरा नभए खाली गाग्रीसहित ३० हजार धरानवासी सिहंदरबार ल्याउँछुः मेयर साम्पाङ

८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले खानेपानीको योजना तत्काल नदिए अर्कोपटक ३० हजार धरानवासी लिएर सिहंदरबार आउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने रित्तो गाग्री बोकेर सिंहदरबार पुगेका हर्कले यस्तो बताएका हुन् ।

उनले भने,  ‘यसपटक रित्तो गाग्री लिएर आएँ। अर्कोपटक ३० हजारभन्दा धरानवासी रित्तो गाग्रीसँग लिएर सिंहदरबार आउँछु। अनि धरानवासीको समस्या सरकारले समाधान गर्छ होला।’

आफूलाई स्वतन्त्र उम्मेदवार भनेर पार्टीका सरकारले हेपेको आ‌रोप साम्पाङको छ। ‘म जनता हुँ, जनताले के गर्छ भन्ने कुरा अब केन्द्रीय सरकारले थाहा पाउनेछ’, उनले भने, ‘म नचाहिँदो माग लिएर आएको होइन। चैत लागेपछि धरानमा पानी पाइँदैन। त्यही पानी माग्न रित्तो गाग्री लिएर आएको हुँ।’