|  

नवनियुक्त अमेरिकी समकक्षी रुबियोप्रति आरजुको बधाई !

०८ माघ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी मार्को रुबियोलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मन्त्री देउवाले समकक्षी रुबियोप्रति बधाई ज्ञापन गरेकी हुन । परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएकी छन् । संयुक्त राज्य अमेरिकाको ७२ औं विदेशमन्त्रीमा नियुक्त भएका रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन । ५३ वर्षीय उनको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको थियो । उनलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको बताइएको छ ।