८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
शपथग्रहणपछि राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाल्दै टिकटकलाई ७५ दिनसम्मको समय दिने निर्णय गरेका हुन् । टिकटकले सो प्लेटफर्म अमेरिकालाई बेच्नुपर्ने वा प्रतिबन्ध गर्नुपर्ने बाध्यता छ ।