|  

माओवादीद्वारा सार्वजनिक लेखा समिति सभापतिको राजीनामा माग

०८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।

समितिको आजको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजीनामा मागेका हुन । लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

साथै, सार्वजनिक लेखा समितिलाई सरकारको लाचार छाया बनाइएको पनि उनले बताए ।