|  

रास्वपाले पनि माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।

मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।

‘सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् । यसअघि नेकपा माओवादी केन्द्रले पनि पटक पटक सभापति पोखरेलको राजीनामा माग गर्दै आएको छ ।