|  

पानी माग्दै सिंहदरबार पुगेका हर्कलाई खानेपानीमन्त्रीको प्रतिबद्धताः यसै वर्ष टेण्डर आह्वान गर्छौँ

८ माघ, काठमाडौं ।  खानेपानी मन्त्री प्रदीप यादव र धरानका मेयर हर्क साम्पाङबीच मंगलबार सिंहदरबारमा कुराकानी भएको छ ।

धरान उपमहानगरपालिकाभित्रको खानेपानी समस्या समाधान गर्न मागसहित मेयर साम्पाङ खानेपानी मन्त्रालय पुगेर मन्त्री यादवसँग भेटवार्ता गरेका थिए ।

खानेपानी मन्त्री यादवले मेयर साम्पाङलाई धरानमा खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र नै खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् ।

मेयर साम्पाङ सोमबार काठमाडौं आएका थिए । उनी मंगलबार सिंहदरबार गएका छन्। खानेपानी मन्त्री भेटेका उनले अर्थ र प्रधानमन्त्री भेट्ने तयारी गरेका छन् ।