८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन् ।
धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर आफ्ना समस्या राखेका थिए ।
‘बजेट सुनिश्चितता गरिदिनुपर्छ भनेका छौं,’ मेयर साम्पाङले भने, ‘हामी सप्तकोशीको पानीको प्रोजेक्ट अघि बढाउँछौं भन्नुभएको छ ।’
उनले अघि भने, ‘डीपीआर ५ अर्बको कुरा छ । उहाँहरू सकारात्मक हुनुहुन्छ ।’
साथै, उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका छन् ।