|  

स्वतन्त्र कानुन ब्यवसायी मञ्चले नवोदित कानुन ब्यवसायीको समस्या पहिचान सर्वेक्षण गर्दै

०८ माघ, काठमाडौं । स्वतन्त्र कानुन ब्यवसायी मञ्चले नवोदित कानुन व्यवसायीलाई पेशामा आउन विभिन्न अवरोध भइरहेको गुनासो आउन थालेपछि उनीहरुको समस्या पहिचान सर्वेक्षण गर्ने भएको छ ।

नवोदित कानुन ब्यवसायीहरुको विषयमा रहेको समस्या पहिचान सर्वेक्षणमा पेशामा रहेका नवोदित कानुन व्यवसायीहरूलाई फर्मका अग्रज अधिवक्ता तथा बरिष्ठ अधिवक्ताबाट प्राप्त भईरहेको सहयोग, अग्रज कानुन व्यवसायीहरुसँग सहकार्य गर्दा भएका तिता-मिठा अनुभव र अग्रज कानुन ब्यवसायीहरुले सुधार्नुपर्ने कुराहरुबारे सुझाव लिइनेछ । त्यस्तै कानुन व्यवसायीहरुमाथी भइरहेका र हुन सक्ने सम्भावित शोषणबारे पनि सर्वेक्षण हुनेछ । नवोदित कानुन व्यवसायीलाई पेशामा स्थापित गर्नका लागि सम्बन्धित निकायले गर्ने कार्यबारे सुझाव लिइनुका साथै  उनीहरुको विकासका लागी स्वतन्त्र कानुन व्यवसायी मञ्च खेल्ने भुमिकाबारे जानकारी लिइनेछ ।

सर्वेक्षणमा ४० वर्ष भन्दा कम उमेर समुहका कानुन ब्यवसायीहरुले भाग लिनसक्ने भनिएको छ ।