०८ माघ, काठमाडौं । आज सेयर बजारमा पाँच अङ्कको बढेको छ ।
आज नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २६१३ दशमलव ०८ को विन्दुमा पुगेको हो । आज ३११ कम्पनीका ६९ हजार ८४० पटकको कारोबारमा १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँ रहेको छ । १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह घट्दा अन्यमा हरियाली छाएको छ ।