०८ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोर नजिक पुगेको छ । यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा नौ टोलीको सहभागीता छ । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही रु २५ हजार पुरस्कार दिइनेछ ।