०८ माघ, काठमाडौं । महोत्तरीमा अर्धनग्न अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्लाको सोनमा गाउँपालिका वडा नं. २ मा स्थानीय पूर्व गाविस अध्यक्ष गोकुल यादवको २९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादवको शव भेटिएको हो । शवको अवस्था हेर्दा हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको छ । घाँटी थिचिएको र शव अर्धनग्न अवस्थामा भेटिएकोले हत्याको आशङ्का गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेकाले थप जानकारी पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि थाहा हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।