|  

चितवन निकुञ्ज आसपास यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध !

०८ माघ, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा निकुञ्ज आसपासको बाटो प्रयोग गर्दा सवाधानी अपनाउन भनेको छ ।

विगत केही दिनदेखि त्यस क्षेत्रमा जङ्गली हात्ती ध्रुवे देखिएकाले साँझ ५ बजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भनेका छन्,‘निकुञ्ज हुँदै कसराको बाटो प्रयोग गर्नेलाई साँझ ५ः३० बजेपछि एक्लै यात्रा नगर्न अनुरोध गरेका छौँ ।’

समूहमा यात्रा गर्न या ठूला सवारीसाधनको पछि मात्रै यात्रा गर्न अनुरोध गरिएको उनले जानकारी दिए । ध्रुवे हात्ती निकुञ्ज मुख्यालय क्षेत्र र कसरा सडक क्षेत्रमा रहेकाले सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।