|  

रबि आज बुटवल जाँदैः भोलि आफैं अदालत उपस्थित हुने

०८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जाँदैछन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन । लामिछाने अहिले त्रिभुवन विमानस्थलमा छन । दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको भनिएको छ । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।