०८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने आश्वासन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको बताएका हुन् । सरकारले ल्याएको अध्यादेशमा लगानी स्वदेश र विदेशमा आदानप्रदान सहजीकरणका व्यवस्थाले उत्साहित तुल्याएको भन्दै सहभागीले सरकारलाई धन्यवाद दिएका थिए ।