|  

अदालतमा हाजिर हुन भैरहवा पुगे रवि लामिछाने

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । 

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा लामिछानेलाई अभियुक्त बनाइएपछि जिल्ला अदालत रूपन्देहीमा सहभागी हुन उनी हवाइ मार्गमार्फत भैरहवा पुगेका हुन् ।

मंगलबार भैरहवा पुगेका लामिछाने बुधबार अदालत हाजिर हुने रास्वपाका एक नेताले बताए । रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो ।