|  

गायिका जेरीले महायज्ञमा कथा वाचन गर्ने

९ माघ, काठमाडौं ।  लोकदोहोरी गायिका बबिता बानियाले महायज्ञमा कथा वाचन गर्ने भएकी छन् ।

लाइभ दोहोरीमा जमेकी उनले आफूलाई कथाबाचकको रुपमा ‘योगमाया सखी’ को रुपमा चिनाउन लागेकी हुन् । उनको पहिलो भागवत कथा वाचनसहितको महायज्ञ हुन लागेको छ ।

राजधानीको नागार्जुन नगरपालिका १ रानीवनस्थित महादेव मन्दिर परिसरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताहको माघ २२ गते उद्घाटन हुनेछ भने माघ ३० गतेसम्म जारी रहनेछ ।