९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुप्रिम सहकारीको रकम अपचलनमा बयान दिन रुपन्देही अदालतमा उपस्थित हुने भएका छन् ।
त्यसको लागि उनी मंगलबार साँझ भैरहवा पुगिसकेका छन् । श्रीमती निकिता पौडेल लामिछानेका साथ उनी मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका हुन् । लामिछाने आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।