९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभएमा रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउन सक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति पद सम्हालेपछि पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।