|  

वेष्ट बैंकका जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु 

९ माघ, काठमाडौं । इजरायलको कब्जामा रहेको वेष्ट बैंकका जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताए अनुसार यस आक्रमणमा अरू ३५ जना घाइते भएका छन् । शहरमा धेरै आक्रमणहरू भएका छन ।

शहर बाहेक राहत शिविरहरूमा ठुलो संख्यामा सेनाको हलचल भइरहेको छ ।  इजरायलको वेस्ट बैंकमा कारबाही पछि हिंसा भड्किने डर बढेको छ ।