९ माघ, काठमाडौं । नेकपा एमालेले नेता वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो । गौतमले आफू एमालेमा फर्किने तयारीमा रहेको बताइरहेका बेला एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
केही दिनअघिसम्म एकीकृत समाजवादीमा जान तयार भएका नेता गौतम अजेण्डामा सहमत हुन नसकेपछि एमालेसँग नजिक भएका थिए।