|  

रुपन्देही अदालतमा हाजिर भए रवि

९ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन्।

बुटवलस्थित सुप्रिम सहकारी ठगीविरुद्ध मुद्दा दायर भएपछि बयानका लागि उनी मंगलबार भैरहवा पुगेका थिए ।

लामिछाने बिहान १० बजे अदालतमा हाजिर भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । अब उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस सुरु हुनेछ ।