९ माघ, काठमाडौं । चर्चित युट्युब तथा टिकटक स्टार मिस्टर बिस्टले टिकटक किन्न खोजिरहेका छन् ।
लगानीकर्ताहरूको समूहसँग मिलेर उनले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटक किन्न खोजिरहेका हुन् । डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धमा ७५ दिनको छूट दिएका छन् ।
यो अवधिभित्र टिकटकको माउ कम्पनी बाइटडान्सले एपका लागि गैर चिनियाँ मालिक खोजिसक्नु पर्ने छ । होइन भने एपमाथि अमेरिकामा स्थायी रूपमै प्रतिबन्ध लाग्नेछ ।
‘ठिक छ, यसमाथि प्रतिबन्ध नलागोस् भनेर म नै टिकटक किन्नेछु,’ जनवरी १३ मा माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा मिस्टर बिस्टले भनेका थिए । बिस्ट र लगानीकर्ताहरूको एक समूहले टिकटक किन्न लागि परेको बताइएको छ ।
थिए ।