९ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुटवलको सुप्रिम सहकारीका पीडितहरूको तर्फबाट रुपन्देही जिल्ला अदालतमा पनि बहस गर्ने भएका छन् ।उनले आफू जाहेरी कर्ताको तर्फबाट बहस गर्न भैरहवा जान लागेको बताए ।
‘कास्की जिल्ला अदालत र काठमाडौंमा पीडितको तर्फबाट वकालत गरेको थिएँ, पीडितको पक्षबाट बहस गर्न अहिले भैरहवा जाँदैछु,’ उनले भने ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीका पीडितको तर्फबाट वकालत गरेका त्रिपाठीलाई माघ २ गते अदालत परिसरमा रास्वपा समर्थकले आक्रमण गरेका थिए ।त्रिपाठीलाई आक्रमण गर्ने ३ जना प्रहरी नियन्त्रणमा छन् ।