|  

प्रधानमन्त्री ओली अस्वस्थ

९ माघ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

उनको घाँटीमा समस्या आएको स्रोतले जनाएको छ । जसले गर्दा बुधबारका लागि तय गरिएको भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ।