|  

सबै दलको सहमतिमा मात्र संविधान संशोधन हुन्छः शेखर कोइराला

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै दलको सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई दलले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने बताए ।

‘संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा सबै दलबीच छलफल हुनुपर्छ,’ उनले भने, ‘यस विषयमा राम्रै तयारी हुनुपर्छ । जनतामा पनि जानुपर्छ ’ ।

कोइरालाले देश चल्न नसक्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने बताए । पछिल्लोपटक सरकारले ल्याएको अध्यादेश आफूले नपढेको उनको भनाइ छ ।