|  

६ महिनामा १ करोड ५५ लाख रुपैयाँको दाँत कोट्याउने सिन्का आयत 

९ माघ, काठमाडौं ।  चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा दाँत कोट्याउने सिन्का र सो बनाउने काठको आयातबापत सवा दुई करोड रकम बाहिरिएको छ ।

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ६९ लाख ६० हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

त्यस्तै सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउने काठको आयात भएको छ ।