|  

सरकार आफैँ कालोबजारीको प्रतिनिधि बन्दै गयोः अमरेशकुमार सिंह

९ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकार आफैँ कालोबजारीको प्रतिनिधि भएको आरोप लगाएका छन् । उनले सार्वजनिक लेखा समितिमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

‘सरकार कालोबजारीको प्रतिनिधि बन्दै गएको छ । राजस्व सङ्कलन बढाउनका लागि मूल्यवृद्धि नियन्त्रण गर्दैन ।’ उनले भने ‘राजस्व बढ्यो भने बरु घुस खान सजिलो हुन्छ । मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ला भनेर विश्वास गर्नुहुँदैन, बरु लेखा समितिबाट एउटा समिति गठन गरौँ र मूल्य निर्धारण गरौँ ।’