९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ समरोहमा ‘मोस्ट वान्टेड’ आतंकवादीको सूचीमा रहेका एकजना खालिस्तानी नेता देखिएपछि भारतमा तनाव बढेको छ ।
लामो समयदेखि भारतमा अलग्गै राज्य खालिस्तान माग्दै आन्दोलन गरिरहेका नेता गुरपतवन्न सिंह पन्नुलाई डोनाल्ड ट्रम्पको शपथ समारोहमा देखेपछि भारतमा तनाब बढेको हो । पन्नुले ट्रम्पको शपथका क्रममा ‘खालिस्तान जिन्दाबाद’को नारासमेत लगाएको भिडियो अहिले भाइरल भइरहेको छ ।
भारतका अधिकारीहरूले ट्रम्पको अतिसुरक्षित शपथ ग्रहण समारोहमा एकजना आतंकवादीको उपस्थिति भएको भन्दै चिन्ता जनाएको छ।यसलाई लिएर भारतका अधिकारीहरूले चिन्ता जनाएका छन् ।भारतमा खालिस्तानी अभियान चलाइरहेका पन्नुलाई अमेरिकाले मञ्च दिएपछि नयाँदिल्लीलाई तनाव भएको हो ।
पन्नुले ट्रम्पको शपथमा अतिथिका रुपमा भाग लिँदा खालिस्तान जिन्दाबादको नारा लगाएकोमा भारतको चिन्ता बढेको हो ।खासगरी खालिस्तानी अभियानलाई क्यानाडा र अमेरिकासहितका पश्चिमा देशहरूले साथ दिइरहेका छन् ।
गत वर्षमात्रै भारतका अधिकारीमाथि खालिस्तानी अभियन्ता गुरपतवन्त सिंह पन्नुको हत्याको षड्यन्त्र गरेको आरोप अमेरिका र क्यानाडाले लगाएका थिए । पन्नुसँग अमेरिका र क्यानाडा दुवै देशको नागरिकता छ । यता ट्रम्पको शपथ समरोहमा भारतबाट विदेशमन्त्री एस.जयशंकरसमेत सहभागी भएका थिए ।