|  

लेखा समितिका सभापति पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्ने चेतावनी

९ माघ, काठमाडौं ।  प्रतिपक्षी दलका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा मुछिएको हुँदा राजीनामा मगिएको हो ।

लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले भने, ‘प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छौँ र भनिरहन्छौँ पनि ।’

मोदीले राजीनामा नदिए आउँदो हिउँदे अधिवेशन बहिष्कारसम्म गर्न सक्ने चेतावनी दिए । लेखा समितिको बैठकमा पोखरेलको राजीनामाको माग निरन्तर छ ।