|  

अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

९ माघ, काठमाडौं । महिला यू-१९ विश्वकपमा अष्ट्रेलियाले नेपाललाई १४० रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट क्षतिमा १३९ रन जोडेको हो । अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् ।

खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान पूजा महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो ।नेपालका लागि पूजाले ३ विकेट लिइन् ।

पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् । सीमाना केसीले लगातार २ विकेट लिइन् । उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन् ।रिया शर्माले १ विकेट लिइन् ।