|  

भीम रावल ब्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुनः अर्थमन्त्री पौडेल

०९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भीम रावल अराजकतावादी मान्छे भएको टिप्पणी गरेका छन् ।

एमाले कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा उपाध्यक्ष पौडेलले पार्टीले कारवाही गरेको भीम रावल व्यक्तिगत स्वार्थमा चल्ने आरोप लगाएका हुन । उनले भनेका छन्,‘भीम रावलको सन्दर्भमा तपाईं कसैले भ्रम नराख्दा हुन्छ । भीम रावत सम्पूर्ण रुपमा अराजकतावादी मान्छे हुन । उनी व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन । ’