|  

कबाड व्यवसायीमाथि काठमाडौं महानगरले गरेको दमन रोक्न जसपा नेपालको माग

९ माघ, काठमाडौं ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कबाड व्यवसायीमाथिको दमन रोक्न माग गरेको छ ।

बुधबार पार्टीका प्रवक्ता मनीषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकामा कबाड व्यवसायीमाथि  कुटपिट र दमन भएको भन्दै यस्तो कार्य यथाशीघ्र बन्द गर्न माग गरेको हो।

नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।