०९ माघ, काठमाडौं । रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेश दिएको छ ।
आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र आफ्नो कानून व्यवसायीको जिम्मा लगाएको हो । तर लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित गराउन अदालतले भनेको छ ।