१० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हास्यास्पद युक्रेन युद्ध समाप्त गर्न वा नयाँ प्रतिबन्धको सामना गर्न तयार रहन भन्दै चेतावनीपूर्ण आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले आफ्ना रुसी समकक्षीसँग राम्रो सम्बन्ध रहेको भए पनि युक्रेन युद्ध अन्त्यको सम्झौता नगरे नयाँ आर्थिक दण्ड लगाउने चेतावनी दिएका हुन् ।