१० माघ, काठमाडौं । नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २ महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर कर्मचारीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै मंसिरदेखि सम्पर्कविहीन रहेका १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हवलदार चेतन महतारा छन्।
अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन छन्।आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।