|  

सुप्रिम सहकारी ठगी प्रकरणः  लामिछानेमाथि आजदेखि थुनछेक बहस 

१० माघ, काठमाडौं ।  रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो ।

लामिछाने आज थुनछेक बहसका लागि अदालतमा उपस्थित हुनेछन् । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरेको हो ।