|  

महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृ#त्यु,  ४० जना घाइते

१० माघ, काठमाडौं ।  भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । जसमा तीन नेपाली छन् । ज्यान गुमाउनेमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् । 

बाँकी चार जना भारतीय हुन् । अरू मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरूको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको  बताइएको छ ।