१० माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४१.३३ रुपैयाँ, प्याज ६६.३३ रुपैयाँ, मटरकोशा ६० रुपैयाँ, स्थानीय काउली १२.३३ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।