|  

लस एन्जलसमा फेरि आगो फैलियो

१० माघ, काठमाडौं ।  लस एन्जलसमा फेरि डढेलो लागेको छ । हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ।

अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ माइल टाढा छ । यो आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएका छन् ।

अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूले अझै पनि जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागी भएको एक हप्ताभन्दा बढी भइसक्यो।